लन्डन(संयुक्त अधिराज्य),१० बैशाख । बेलायतको राजपरिवारमा नयाँ सदस्य थपिएका छन् ।
बेलायती राजकुमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्मदिएका छन् ।
दरबारद्वारा सोमबार जारी एक विज्ञप्तिमा सोको जानकारी दिइएको छ ।
‘डचेस अफ क्याम्ब्रिज’ ९केट० लाई सोमवार बिहानै अस्पताल लगिएको थियो ।
स्थानीय समय अनुसार बिहान ११ बजेर १ मिनेटको समयमा उनले आफ्नो तेस्रो सन्तानका रूपमा पुत्रलाई जन्म दिइन् ।
बेलायतको केन्सिङ्टन प्यालेसले शिशुको तौल ३.८ किलोग्राम रहेको र नवशिशु र आमा दुवै स्वस्थ रहेको जनाएको छ ।
नयाँ शिशु ब्रिटिश राजगद्दीको उत्तराधिकारीको रूपमा पाँचौँ स्थानमा रहनेछन् ।
गएको जुलाई २०१३ मा राजकुमार विलियम तथा राजकुमारी केटको पहिलो सन्तानको रूपमा नवराजकुमार जर्जको जन्म भएको थियो भने त्यसको दुई वर्षपछि मे २०१५ मा दोस्रो सन्तानको रूपमा नवराजकुमारी शार्लटको जन्म भएको थियो ।
राजपरिवारमा नयाँ सदस्यको जन्मभएको खबरले बेलायती नागरिक हर्षित बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजकुमारी केटलाई राखिएको लन्डनको सेन्ट मेरिज अस्पतालबाहिर सर्वसाधारण तथा सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको छ ।