Prakash Adhikari October 6, 2023

पोखरा(कास्की), १९ असोज । एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी हुनुभएको छ ।

लमजुङका मायानाथ अधिकारीलाई पराजित गरी गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट शर्मा अध्यक्ष चयन हुनुभएको हो । निर्वाचनमा नवराजले ५ सय ३१ मत पाउँदा मायानाथको पक्षमा ३ सय ५५ मत परेको थियो ।

शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको दरिलो समर्थन थियो भने अधिकारीलाई महासचिव शंकर पोखरेलको ।
गण्डकीमा अध्यक्ष ,उपाध्यक्षसहित सबै पदाधिकारीमा पनि शर्मा पक्षीय उम्मेदवार विजयी भएका छन् ।

उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङले नवलपुरका बाबुराम विकलाई पराजित गर्नुभयो गुरुड.ले ५ सय ३४ मत ल्याउनुभएको थियो भने वि.कले ३ सय ४२ मत ।

सचिवमा लमजुङका धनञ्जय दवाडी ५ सय २० मतसहित विजयी बन्नुभयो भने कास्कीका रश्मि आचार्यले ३ सय ६६ मत पाउनुभयो ।

महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी ५ सय ३१ मतसहित विजयी बन्नुभयो । उहाँले कास्कीकी मीना गुरुङलाई पराजित गर्नुभएको हो । गुरुड.ले ३ सय ६५ मत पाउनु भएको थियो ।

उपमहासचिवका लागि भएको चुनावी प्रतिस्पर्धामा कास्कीका दामबहादुर विकले ५ सय २० मत ल्याएर म्याग्दीका सन्तोष रावल (३ सय ६७ मत)लाई पराजित गर्नुभयो ।

Share Now

Leave a comment.