काठमाडौं, १९ असोज । नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आइएमई पे को ब्रान्ड एम्बास्डरमा नियुक्त हुनुभएको छ ।
आएमई पे ले नेपाली दुई स्टार बलर सोमपाल र करणलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डर बनाएको हो । सम्झौता अनुसार करण र सोमपालले समान पाँच लाख रुपैयाँ पाउनु हुनेछ ।
आइएमई पे का कार्यकारी अधिकृत प्रविण रेग्मी र दुई खेलाडीले बिहीबार सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै एकअर्कामा आदान प्रदान गर्नुभएको छ ।
करण र सोमपाल झण्डै एक दशकदेखि नेपाली राष्ट्रिय क्रिकेट टीमबाट खेल्दै आउनुभएको छ । दुबै जना नेपाली टोलीका प्रमुख बलरको रुपमा स्थापित हुनुहुन्छ । तल्लोक्रममा ब्याटिङमा पनि दुवैको राम्रो योगदान रहदै आएको छ ।
क्यानले आफ्नो टिकेटिङ पाट्नरको अधिकार आगामी दुई वर्षको लागि आइएमई पे लाई बेचेको छ । उक्त अधिकार प्राप्त गरे अनुसार आइएमई पे ले क्यानलाई हरेक वर्ष ७५ लाख रुपैयाँ दिनेछ । दुई वर्षमा नेपालले आयोजना गर्ने सबै टिकटको १२.५ प्रतिशत रकम बाहेक अन्य सबै क्यानले पाउनेछ ।


















