Prakash Adhikari October 9, 2023

स्टकहोम (स्वीडेन), २२ असोज (बीबीसी) । यो वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार श्रमबजारमा महिलाले पुर्‍याएको योगदानबारे विशिष्ट अध्ययन गर्नुभएकी क्लाउडिया गोल्डिनले पाउने हुनुभएको छ।

उहाँ हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ।

गोल्डिनले महिलाको कमाइ र सयौँ वर्षदेखि श्रमबजारमा महिलाको सहभागिताबारे अनुसन्धान गर्नुभएकोे छ। नोबेल पुरस्कार समितिका अनुसार उहाँको अनुसन्धानले परिवर्तनका कारणहरू तथा लैङ्गिक असमानताको मुख्य स्रोत पत्ता लगाएको छ।

गोल्डिन आफूले सधैँ गुप्तचर बन्ने चाहेको र ूअन्ततः सफल भएकोू बताउनुभएको छ।

यसअघि नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फका विजेताको नाम घोषणा गरिसकेको छ। अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा भएपछि यो वर्ष सबै विधातर्फ नोबेल पुरस्कार घोषणा गर्ने क्रम टुङ्गिएको छ।

सन् १९६९ देखि सन् २०२२ सम्म ५४ वर्षमा ९२ जनालाई एकल वा संयुक्त रूपमा नोबेल पुरस्कार दिइएको थियो।

यो वर्षका विजेताहरूलाई आगामी डिसेम्बर १० मा पुरस्कार वितरण गरिने छ।

यो वर्षका अरू विजेता
चिकित्साशास्त्रः कोभिड १९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने काटालिन कारिको र ड्रू भाइस्मान
भौतिकशास्त्रः सूक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन लुहुलिए
रसायनशास्त्रः न्यानोटेक्नोलजीमा ुक्वान्टम डटु को खोजी र संश्लेषण गरेको हुनाले मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभ
साहित्यः ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गर्ने’ नर्वेली लेखक यून फोसा
शान्तिः महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि इरानको जेलमा कैद नर्गिस मोहम्मदी

यसअघि कसले पाएका थिए?

२०२२ः बेन बेर्नाकेलाई डग्लस डाइअमन्ड र फिलिप डिब्भिगलाई ब्याङ्क तथा वित्तीय सङ्कटबारे गरिएको अनुसन्धानका लागि
२०२१स् डेभिड कार्डलाई श्रम अर्थशास्त्रको क्षेत्रमा पुर्‍याएको योगदानका लागि, तथा डी एन्ग्रेस्ट र गुइडो डब्ल्यू इम्बेन्सलाई कारण सम्बन्धहरूको विश्लेषणमा पद्धतिगत योगदानका लागि
२०२०स् पोल मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई लिलामी सिद्धान्तमा सुधार र नयाँ लिलामी ढाँचाको विकासका लागि
२०१९ः अभिजित बनर्जी, एस्टेर डुफ्लो र मिखाइल क्रेमरलाई “विश्वव्यापी गरिबी निवारणसम्बन्धी प्रयोगात्मक शैलीका लागि
२०१८ः विलियम डी नोर्डहाउसलाई जलवायु परिवर्तनलाई दीर्घकालीन बृहत् आर्थिक विश्लेषणमा एकीकृत गर्ने कार्यका लागि, तथा पोल रोमरलाई दीर्घकालीन म्याक्रोइकोनोमिक विश्लेषणको एकीकृत प्राविधिक विकास गर्ने कार्यका लागि
२०१७ः रिचर्ड थ्यालरलाई व्यवहारवादी अर्थशास्त्रमा उनको योगदानको लागि
२०१६ः ओलिभर हार्ट र ब्याङ्ट थोलस्ट्रौमलाई करार सिद्धान्तमा उनीहरूले पुर्‍याएको योगदानका लागि
२०१५ः एङ्गस डीटनलाई खपत, गरिबी र कल्याणबारे उनको विश्लेषणका लागि
टीभी स्क्रीन र क्यान्सर उपचारमा प्रयोग हुने प्रविधिलाई नोबेल पुरस्कार

कसले छान्छ नोबेल पुरस्कार विजेता ?

विभिन्न विधाका पुरस्कारका लागि शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन गर्छन्।

नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन। कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन।

एउटा पुरस्कार बढीमा तीन जनाले पाउन सक्छन्।

नोबेल फाउन्डेशनको नियमानुसार यदि कुनै विधामा त्यस वर्ष पुरस्कृत हुन कोही योग्य भएनन् भने पुरस्कार घोषणा हुँदैन र पुरस्कारको रकम अर्को वर्षका लागि राखिन्छ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ ।

कहाँ हुन्छ निर्णय निर्णय ?

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्वीडेनमा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना (९,९०,००० अमेरिकी डलर) पाउँछन्।

यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।

Share Now

Leave a comment.