काठमाडौं, ११ बैशाख । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्पराज कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले योजना आयोगको उपाध्यक्षमा एमाले लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।
कँडेल व्यवस्थापनका प्राध्यापक हुन्। उनले ३० बर्षभन्दा लामो समय अध्यापन गराएका छन्।
मन्त्रिपरिषद्को बैठकपछि सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले दिएको जानकारी अनुसार बैठकले आयोगको रिक्त रहेको सदस्य पदमा कृष्णप्रसाद ओली, उषा झा, दिलबहादुर गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको हो ।




















