काठमाडौं, ३० असोज । राष्ट्रिय वाणिज्य बैंकले नेपालीहरुको चाडपर्वको अवसर पारेर ब्याज भुक्तानीमा गज्जबको सहुलियत कार्यक्रम सार्वजनिक गरेको छ ।
बैंकले एक सुचना जारी गदै नेपालीहरुको चाड बडादशै तथा शुभ दिपावली,न्हुँदया भिन्तुना र छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण ऋणीहरुलाई सबै प्रकारका ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने जानकारी दिएको छ ।
बैंकले यो सहुलियतपूर्ण ब्याज भुक्तानीको समयावधि २०८० कार्तिक मसान्ससम्म रहने पनि जानकारी दिएको छ ।
राष्ट्रिय बाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा रहेको क वर्गको बाणिज्य बैंक हो ।



















