Prakash Adhikari April 26, 2018

हेटौडा(मकवानपुर), १२ बैशाख । सुन्दरीहरुको चलचित्र प्रवेश अपवाद नै देखिन्छ । मोडलिड.मा संलग्न हुनथाले पछि विस्तारै फिल्मतिर लाग्ने प्रबृत्ति विश्वव्यापी छ ।
यसमा नेपाल सुन्दरीहरु पनि अपवाद छैनन् । फिल्ममा प्रवेश गर्नेहरुको संख्या बढ्दो छ । प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशी, सृष्टि श्रेष्ठसम्मले नायिकाको सूचीमा आफ्नो नाम लेखाइसकेका छन् ।

२०१७ की मिस नेपाल निकिता चण्डक पनि फिल्म ‘रानीमहल’बाट डेब्यू गर्दैछिन् । तर, मिस नेपाल– २०१८ को उपाधि हात पारेकी श्रृंखला खतिवडाले भने फिल्ममा आउने सोच नबनाएको बताएकी छिन् ।

आफ्नोे गृहजिल्ला हेटौंडामा पत्रकारसँग कुराकानी गर्दै आफूलाई अभिनय र नाच्न नआउने भएका कारण फिल्म नगर्ने बताइन् । आर्किटेक्टको विद्यार्थी भएकाले उक्त पेशामै अघि बढ्ने उनको सोच छ ।

उनी भन्छिन्, ‘मेरो पृष्ठिभूमि फरक छ । म मिस नेपाल भएपनि मेरो जुन पेशा हो त्यसैमा अगाडि बढ्छु ।’

परिवार सक्रिय राजनीतिमा रहे पनि आफू राजनीतिमा पनि नआउने मिस नेपाल खतिवडाले स्पष्ट पारिन् । उनका बुबा विरोध खतिवडा प्रतिनिधिसभा र आमा मुनु सिग्देल प्रदेशसभा सदस्य हुन् ।

Share Now

Leave a comment.