Prakash Adhikari October 26, 2023

काठमाडौँ, ९ कात्तिक । आश्विन शुक्ल द्धादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।

विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

पहिलो र दोस्रो दिन मान्यजनकहाँ जान नपाएकाहरु आज पनि टीका थाप्न हिँडेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउनुहुन्छ ।

केही दिन सुनसान रहेको राजधानी काठमाडौं शहरमा टीकाको दिनदेखि केही चहलपहल बढ्न थालेको देखिन्छ ।

दशै मान्न उपत्यकाबाहिरका  पुख्र्यौली घरमा गएका राजधानीका स्थायी र अस्थायी बासिन्दाहरु फर्कने क्रम सुरु भएको छ । बाहिरबाट राजधानी छिर्ने सवारी साधनहरु खचाखच यात्रुहरुले भरिएका छन् ।

 

 

 

Share Now

Leave a comment.