Prakash Adhikari October 27, 2023

काठमाडौं, १० कार्तिक । नेपालले त्रिकोणीण् टी २० आई श्रृखलाको फाइनल खेलमा आज संयुक्त अरब इमिरेट्स(युएई)सँग खेल्दैछ ।
खेल दिउँसो ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो ।

नेपालले हङकङलाई पनि दुवै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो । उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेट रनरेटको फाइनलमा पुगेको हो ।
खेलमा हंगकंग र युएई दुवै टोलीको समान २ अंक थियो । उच्च लयमा रहेको घरेलु टोली नेपाल उपाधि जित्ने लक्ष्यमा छ ।

नेपालको ब्याटिड. प्रशिक्षकमा मोन्टी देशाई आएपछि त्यसपहिले सधै नेपालको मार्गमा अवरोधको रुपमा रहेको युएईलाई पराजित गर्ने तागत नेपालले आर्जन गरेको छ ।

नेपालले आजको खेलमा एक परिवर्तन गर्ने सम्भावना छ । अलराउन्डर विवेक यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई खेलाउने सम्भावना छ ।

ललितको युएईविरुद्ध पछिल्लो समय प्रदर्शन राम्रो छ । सन्दीप लामिछाने नहुँदा ललित प्रमुख स्पिनर हुन् ।

त्यसैले आजको खेलमा घरेलु मैदान र दर्शकको भरपूर्ण लाभ नेपाललाई हुनेछ ।

 

Share Now

Leave a comment.