Prakash Adhikari April 27, 2018

बीबीसी,लण्डन । ड्युक तथा डचेस अफ क्याम्ब्रिजले आफ्नो तेस्रो सन्तानको नाम लुइ आर्थर चार्ल्स राखेका छन्।

सो दम्पत्तिको दोस्रो पुत्रका रूपमा उनको जन्म लन्डनस्थित सेन्ट मेरीज् अस्पतालमा गत सोमवार बिहान भएको थियो। नवजात शिशुको तौल आठ पौन्ड र सात औन्स थियो।

केन्सिङ्टन दरबारले एउटा ट्वीटमा नवराजकुमारलाई ‘प्रिन्स लुइ अफ क्याम्ब्रिज’ भनिने जनाएको छ।


जन्म भएको दिनमा राजकुमार लुइ
नवराजकुमार लुइ राजगद्दीको उत्तराधिकारीको रूपमा पाँचौँ स्थानमा छन्।

लुइ पिता राजकुमार विलियम र दाजु राजकुमार जोर्जको औपचारिक लामो नामको बीचमा भएको नाम हो।

आर्थर पनि ड्युकको नामको बीचमा छ। यो महारानी भिक्टोरियाका पिता महाराज जोर्ज पञ्चमको बीचको नाम थियो।

बाजी थाप्नेहरूले नवयुवराजको नाम आर्थर राखिने अनुमान गरेका थिए।

अन्य अनुमानित नाममा जेम्स र फिलिप थिए।

बिहीवार साँझ राजकुमार विलियमले आफ्ना पुत्रको नाम के राख्ने भनेर निर्णय लिन बाँकी नै रहेको सम्वाददाताहरूलाई बताएका थिए।

शिशु जन्मको घोषणा
केही दिनअघि उनले आफ्नी पत्नी क्याथरिन र बच्चाको अवस्था राम्रो रहेको बताएका थिए।

Share Now

Leave a comment.