Prakash Adhikari April 28, 2018

 

काठमाडौं, १५ बैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको पछिल्लो एक दिवसीय क्रिकेटको वरियता सूचीमा नेपालले पहिलोपल्ट आफ्नो स्थान बनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पछिल्लोपल्ट अपडेट गरेको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको श्रेणीमा नेपाल परेको हो ।
उक्त सूचीमा टेस्ट खेल्ने १२ देशहरुपछि एसोसिएट एक दिवसीय देशको अन्तर्राष्ट्रिय वरियतामा नेदरल्याण्ड, स्कटल्याण्ड, नेपाल र संयक्त अरब इमिरेट्स (युएई) रहेका छन्।

स्कटल्याण्ड र युएई जिम्बाबेमा भएको विश्वकप छनौट प्रतियोगितामा एसोसिएट रास्ट्रहरु मध्येबाट शीर्ष २ मा पर्दै स्थान बनाएका हुन् । नेपालले सोहि प्रतियोगितामा एसोसिएट रास्ट्रहरु मध्येबाट तेस्रो स्थानमा रहँदै पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

नेदरल्याण्ड भने सन् २०१५ देखि १७ सम्म संचालित विश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेता हुँदै उक्त मान्यता पाएको हो।

यस्तो छ एसोसिएट राष्ट्रहरुको अन्तर्राष्ट्रिय एकदिवसीय वरियता:

Men’s ODI Team Rankings

Last updated – 08 Apr 2018
Developed by David Kendix
Pos Team Matches Points Rating
1  India 62 7,595 123
2  South Africa 59 6,912 117
3  England 64 7,496 117
4  New Zealand 62 7,081 114
5  Australia 57 6,376 112
6  Pakistan 51 4,877 96
7  Bangladesh 39 3,518 90
8  Sri Lanka 72 6,063 84
9  West Indies 47 3,467 74
10  Afghanistan 42 2,445 58
11  Zimbabwe 53 2,716 51
12  Ireland 31 1,273 41

Associate ODI Ranking Table

ASSOCIATE ODI TABLE

ODI Rank Country Played Won Tied Loss Win %
13 Netherlands    4 3 0 1 75%
14 Scotland  23 12 0 11 52%
15 Nepal    4 2 0 2 50%
16 U.A.E. 23 11 0 12 48%

Last updated: 26 March 2018 (includes all qualifying matches played since 1 May 2014)

 

यो वरियतामा सन् २०१४ को मे ४ देखि अहिलेसम्म खेलेका निम्न खेलहरुलाई समाबेश गरिएको छस्

उक्त समयमा खेलिएका सम्पूर्ण एकदिवसीय खेलहरु जसमा अफगानिस्तान र आयरल्याण्डसँग उनिहरुले टेस्ट मान्यता पाउनुभन्दा अगाडी खेलिएका खेहरुपनि समावेश छन्। उक्त समयमा पहिला एकदिवसीय मान्यता भएका र अहिले एकदिवसीय मान्यता पाएका देशहरुसँग विश्वकप छनौटमा खेलिएका खेलहरु समाबेश छन्। वरियता उक्त समयमा खेलिएका खेलहरुको बिजयी प्रतिशत निकालेर निर्धारण गरिएको छ।

नेपालले खेलेका निम्न ४ खेलहरु जसलाई वरियतामा समाबेश गरिएको छ :

स्कटल्याण्ड बिरुद्द: नेपाल ४ विकेटले पराजित , हंगकंग बिरुद्द: नेपाल ५ विकेटले बिजयी ,
पपुवा न्युगिनी बिरुद्द: नेपाल ६ विकेटले बिजयी , नेदरल्याण्ड बिरुद्द: नेपाल ४५ रनले पराजित

अफगानिस्तानलाई टेस्ट रास्ट्र घोषणा गरिसकिएकोले बिश्वकप छनौटमा खेलिएको अफगानिस्तानसँगको खेललाई तथा जिम्बाबे पहिलेनै टेस्ट रास्ट्र भएकाले यी दुई खेलहरु समाबेश गरिएको छैन।

 

Share Now

Leave a comment.