Prakash Adhikari April 28, 2018

 

काठमाडौं,१४ वैशाख(एजेन्सी) । इन्तरनेशनल क्रिकेट काउन्सिल(आइसीसी) ले आगामी वर्ष (सन् २०१९) को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने एक दिवसीय विश्वकपको खेल तालिका बिहिबार सार्वजनिक गरेको छ।

भारतको कोलकतामा बिहिबार बसेको आइसिसिको बोर्ड बैठकले खेल तालिकाको टुंगो लगाएको हो।

खेल तालिका अनुसार उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल क्रिकेट मैदानमा हुनेछ।

विश्वकपमा अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तानको सहभागिता रहनेछ।

१० राष्ट्रको सहभागिता रहने प्रतियोगितामा ४८ खेलहरू हुनेछन्।

विश्वकपको फाइनल जुलार्इ १४ मा हुनेछ।

Share Now

Leave a comment.