वुहान(हुवेइ, चीन),१५ बैशाख । भारत र चीनले आपसी सिमानामा तनाव कम गर्ने नयाँ उपायहरू घोषणा गरेका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको एउटा अनौपचारिक शिखर वार्ता सकिएपछि त्यस्तो घोषणा भएको हो।
दुवै मुलुकले सैन्य तथा सुरक्षा सम्पर्क सुधार गर्न कदम चाल्ने सहमति गरेका छन्।
स्वागत
The discussions continue…PM @narendramodi and President Xi Jinping during a walk along the East Lake in Wuhan. pic.twitter.com/8HA8rfoG7T
— PMO India (@PMOIndia) April 28, 2018
विवादित क्षेत्रलाई लिएर भारत र चीनबीच एक वर्षअघि सिमानामा सैन्य तनावको स्थिति उत्पन्न भएको थियो।
सी र मोदीबीचको अनौपचारिक शिखर वार्तालाई अनौठो मानिएको छ।
चिनियाँ शहर वुहानमा भएको उक्त वार्तालाई दुवै पक्षले कहिलेकाहीँ जटिल बन्ने गरेको आपसी सम्बन्धलाई सुधार्ने मौकाका रुपमा स्वागत गरेका छन्।



















