काठमाडौं– काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईं समूहका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्। बल्खु चोकमा आयोजित कोण सभामा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि ढुंगा गरेका हुन्।
ढुंगा प्रहार भएपछि प्रहरीले पानीको फोहरा प्रहार गरेर उत्तेजित भिडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बिहीबार काठमाडौंमा प्रदर्शन आयोजना गरेको छ।
उपत्यकाका विभिन्न ठाउँबाट र्याली निकालेर प्रसाई नेतृत्वको समूहका कार्यकर्ताहरु बल्खु पुगेका थिए।