विज्ञान कार्की
टोरन्टो(क्यानडा), ५ पौष । ग्रिगेरियन क्यालेण्डरको नयाँ बर्ष २०२४ तथा क्रिसमस पूर्वसंध्याको अवसर पारेर क्यानडामा माउन्ट एभरेष्ट टेलिभिजनको आयोजनामा ‘प्रबिशा अधिकारी सांस्कृतिक सांझ’ आयोजना गरिने भएको छ ।
क्यानडाको टोरोन्टोबाट संचालित माउन्ट एभरेष्ट टेलिभिजनको आयोजनामा गर्न लागिएको यो सांगितिक कार्यक्रममा गायिका प्रबिशा अधिकारीले आफ्ना लोकप्रिय गीतहरु गाउने बताइएको छ ।
सांस्कृतिक सांझमा जिटिए वरपर बस्ने सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि आयोजक माउण्ट एभरेष्ट टिभीका संचालक बसन्त कार्कीले अनुरोध गर्नुभएको छ ।
अधिकारीले एउटा भिडियो सार्वजनिक गर्दे क्यानडामा बस्नु हुने सम्पूर्ण नेपालीहरु यस कार्यक्रमलाइ साथ दिएर सहयोग गर्नुहुने आशा राखेको बताउनुभएको छ ।
नेपाली चलचित्र र संगीत उद्योगमा पार्श्व गायिकाको रूपमा स्थापित अधिकारी नेपाली संगीतलाई प्रोत्साहन र उत्थान गर्न निरन्तर लागिरहेकी छिन्।
बिगतको दिनमा अधिकारी भोईस अफ नेपालको बिभिन्न संस्करणमा निर्णायकको भूमिकामा रहदै आउनुभएको छ ।
प्रबिशा सांस्कृतिक साँझ डिसेम्बर २४ तारिक आइतबार शेफ व्यानक्वेट हल मिस्ससीसाउगामा आयोजना हुदैछ ।


















