काठमाडौं, ५ पौष। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः नियुक्त हुनुभएको छ। सञ्चालक समितिले कोइरालालाई दोस्रो पटक नियुक्ति दिएको हो।
बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको थियो।
साढे २ दशक भन्दा लामो व्यावसायिक अनुभव संगाल्नुभएका कोइराला छोटो समयमा उल्लेख्य प्रगति हासिल गर्ने बैंकरको रुपमा परिचित हुनुहुन्छ।
कोइरालाको पहिलो कार्यकालमा बैंकले वित्तीय सूचाकांकमा उल्लेख्य सुधार गरेको थियो । बैकले डिजिटल प्रविधिमा फड्को मार्दै संस्थागत सुशासनमा पनि फड्को मारेको छ ।


















