Prakash Adhikari December 22, 2023

काठमाडौं, ६ पौष। नबिल बैंक र उपाय बिजनेस सोलुसन्सबीच उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर बैंकका ग्राहकलाई सहयोग गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका एसएमई, एमएफ र एसबी प्रमुख अमित श्रेष्ठ र उपाय बिजनेस सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

सम्झौता अनुसार कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागि वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागि बैंकका ग्राहकलाई उपाय बिजनेस सोलुसन्सको सेवा दिनेछ। उपायले बैंकका ग्राहकलाई आवश्यकता बमोजिम क्षेत्रगत विशेषज्ञ सेवा उपलब्ध गराउनेछ।

बैंकका एसएमई, एमएफ र एसबी प्रमुख श्रेष्ठले यो सम्झौताले साना तथा मझौला उद्यमीको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने विश्‍वास व्यक्त गर्नुभयो। बिजनेस सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सहकार्यले उद्यमीका लागि निकै फलदायी हुने उल्लेख गर्नुभयो।

 

Share Now