Prakash Adhikari December 22, 2023

काठमाडौं, ६ पौष । कुमारी बैंकले एक्सिलेन्स कन्जुमर कार्ड अवार्ड पाएको छ। भिजा इन्टरनेशनलले बैंकलाई क्रेडिट कार्ड प्रयोगमा एक्सिलेन्स अवार्ड दिएको हो।

कम्पनीले मंगलबार आयोजना गरेको लिडरसीप कन्क्लेभ कार्यक्रममा बैंकलाई यो अवार्ड दिएको कुमारी बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले स्थापनाकालदेखि नै बैंकिङ सेवामा आधुनिक डिजिटल प्रणाली आत्मसात गर्दै अगाडि बढेको जानकारी दिएको छ।

बैंकले आगामी दिनमा आफ्ना सेवालाई प्रभावकारी र पहुँच वृद्धिका लागि आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

कुमारी बैंकले ३ सय ९ वटा शाखा र ३ सय १४ वटा एटीएम बुथबाट आफ्ना ग्राहकहरुलाई भरपर्दो सेवा दिइरहेको छ । साथै बैंकले डिजिटल भुक्तानी गर्ने ग्राहकलाई विभिन्न अस्पताल,होटल, रेष्टुराँ र सपिड.सेन्टर तथा पसलहरुमा छुट दिने ढंगले ग्राहकमैत्री कार्यक्रम पनि सञ्चालन गरेको छ ।

 

Share Now