काठमाडौं, ६ पौष। ग्लोबल आइएमई बैंकले डेभिड कार्ड प्रबद्र्धनतर्फको भिजा पेमेन्ट एक्सिलेन्स अवार्ड पाएको छ।
भिजा इन्टरनेसनलले काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट बनेको भन्दै अवार्ड प्रदान गरेको हो ।
बैंकले हालै मात्र भिजासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणाली सुरु गरेको छ। क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो भएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
ग्लोबल बैंकले ३ सय ५५ शाखा, ३ सय ७९ एटीएम, २ सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।


















