काठमाडौं, १९ पौष । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आउनुभएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेपछि भारतीय विदेशमन्त्री जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुग्नुभएको थियो ।
भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकर आजै भारतीय वायुसेनाको विषेश विमानद्धारा काठमाडौं आउनुभएको थियो ।
आज परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्ने भएको छ । भारतीय पाहुना भोलि दिउँसो स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


















