Prakash Adhikari January 4, 2024

 

काठमाडौं, १९ पौष। परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ।

क्यानडा–नेपाल च्याम्बर अफ कमर्स र क्यानेडियन हिन्दु च्याम्बर अफ कमर्सको संयुक्त प्रतिनिधि मण्डलसँगको अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो।

प्रतिनिधि मण्डलसँग मंगलबार मन्त्रालयमा भएको अन्तरक्रियाका क्रममा आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तराष्ट्रिय लगानी सम्मेलनबारे चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले भन्नुभयो, ‘वैदेशिक लगानीलाई सहजीकरण गर्ने सवालमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन।’

अन्तरक्रियाका क्रममा क्यानडा र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो।

क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्सका अध्यक्ष नरेशकुमार चाव्दाले नेपालमा विशेषगरि कृषि तथा खाद्य, टेक्सटायल र जलविद्युतका क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको बताउनुभयो।

क्यानडा–नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष विजय पौडेल र क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्सका अध्यक्ष चाव्दाले प्रतिनिधि मण्डलको नेतृत्व गरेका गर्नुभएको थियो।

Share Now