Prakash Adhikari January 6, 2024

काठमाडौँ, २१ पुस : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सबै मिलेर देशको सार्वभौमसत्ताको अस्तित्व जोगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसर पारेर आज वीपी विचार राष्ट्रिय समाजले आयोजना गरेको ‘वीपी वाद’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उहाँले सबै मिलेर देश, जनता र देशको सार्वभौमसत्ताको अस्तित्व जोगाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वराष्ट्रपति डा यादवले वर्तमान सरकारले देश र जनताको पक्षमा राम्रो काम गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले देशमा शिक्षा, स्वास्थ्य र कृषिको अवस्था दयनीय भएको उल्लेख गर्नुभयो । देश निर्माणका लागि कसैलाई पनि अब पछि फर्किएर हेर्ने छुट नभएको उहाँको भनाइ थियो । उहाँले दैनिक हजारौँ मानिस विदेश गइरहेकोप्रति गुनासो व्यक्त गर्नुभयो । पूर्वराष्ट्रपति डा यादवले देशको अस्तित्व कायम राख्नका लागि आम जनाता एकजुट हुन आग्रह गर्नुभयो ।

समाजका अध्यक्ष एवं पूर्वमन्त्री गोविन्दराज जोशी, लक्ष्मण डा जयराज आचार्य, डा विपिन अधिकारी, लोकेश ढकाललगायत वीपीको मेलमिलाप नीतिको बारेमा चर्चा गर्नुभएको थियो ।

Share Now