Prakash Adhikari May 4, 2018

सानेपा(ललितपुर), २१ बैशाख । तेह्रौ महाधिवेशनबाट केन्द्रीय कार्य समिति निर्वाचित भएको २६ महिना पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा शुक्रबार उपसभापति, महमन्त्री र सहमहामन्त्री नियुक्त गरेका छन् ।

शुक्रबार अपरान्ह बसेको निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीहरुको बैठकमा सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतको नाम प्रस्ताव गरेका थिए ।

प्रस्तावित पदाधिकारीको नाम बैठकमा बहुमतले अनुमोदन भएको थियो ।

पदाधिकारी मनोनयनका लागि विहान ११ बजे बोलाइएको बैठक साँझ ५ बजेपछि मात्र बसेको थियो ।

बैठकमा संस्थापन विरोधी केन्द्रीय सदस्यहरुले भने विधान अनुरुप केन्द्रीय समितिको निर्वाचन भएको २ महिनाभित्र गरिनुपर्ने मनोनयन २ बर्ष पछि गर्दा पार्टीको केन्द्रीय सभितिबाट बाधा अड्काउ फुकाउनु पर्ने धारणा राखेका थिए ।

Share Now

Leave a comment.