Prakash Adhikari January 11, 2024

 

काठमाडौं, २६ पौष। साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) लिमिटेडल शेयर धनीका लागि गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले सञ्चित नाफाबाट १५ प्रतिशत बोनस शेयर र सोमा कर प्रयोजनार्थ लाग्ने ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

सो लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्ष ५ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर दिएको थियो भने अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर दिएको थियो । बुधबार बजार बन्द हुँदा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ हजार ४ सय रुपैयाँ छ ।

Share Now