Prakash Adhikari May 5, 2018

 

साहित्यतर्फ नोबेल पुरस्कार प्रदान गर्ने संस्थाले यो वर्ष उक्त पुरस्कारको घोषणा नगरिने बताएको छ।

यौन दुर्व्यवहारसँग सम्बन्धित आरोपहरूमा मुछिएपछि आफ्नो विश्वसनीयता गुमेको स्वीडिश एकेडेमीका अधिकारीले बताएका छन्।

एकजना सदस्यको श्रीमान्‌माथि त्यस्ता आरोप लागेपछि एकेडेमी सङ्कटमा परेको छ।

अप्ठेरो

स्वीडिश एकेडेमीका एक जना बोर्ड सदस्यका श्रीमान्‌विरुद्ध लागेका आरोपहरूबारे उसले प्रदर्शन गरेको व्यवहारका कारण एकेडेमी अप्ठेरो स्थितिबाट गुज्रिरहेको छ।

तस्वीर कपीराइटGETTY IMAGES
Image caption

स्वीडिश एकेडेमीकी प्रमुख सारा डेनियसले राजीनामा दिएकी छन्।

महिलाले राजीनामा दिइसकेकी छन्। साथै एकेडेमीका प्रमुख एवम् चार अन्य सदस्यले पनि राजीनामा दिएका छन्।

एकेडेमीले सन् २०१८ को विजेता र सन् २०१९ को विजेताको घोषणा अर्को वर्ष सँगै गर्ने जनाएको छ।

इतिहास

सन् १९०१ मा उक्त पुरस्कार स्थापना भएयता उक्त दुर्व्यवहार काण्ड सो संस्थाले बेहोरेको सबभन्दा गम्भीर हो।

यसअघि विश्व युद्धका बेला छ वर्षसम्म पुरस्कार दिइएको थिएन।

उक्त पुरस्कार अल्फ्रेड नोबेल सङ्ग्रहालय भएको भवनमा घोषणा गर्ने परम्परा रहेको छ

सन् १९३५ मा चाहिँ योग्य पात्र नभेटिएको भन्दै पुरस्कार प्रदान गरिएको थिएन।

यो वर्षको अन्य नोबेल पुरस्कार भने यथावत् हुनेछन्।

सुधार

एकेडेमीले आफ्नो वेब्साइटमा भनेको छ, “यो निर्णय हाल एकेडेमीमा रहेको कम पदाधिकारी तथा एकेडेमीको सार्वजनिक विश्वसनीयतामा आएको आँचका कारण गरिएको हो।”

उसले एकेडेमीका विद्यमान प्रक्रियाहरूमा सुधार हुन आवश्यक भएको बताएको छ।

विधान, सूचनाका व्यवस्थापन अनि स्वार्थ बाझिने जस्ता विषयमा प्रक्रियागत सुधार हुनुपर्ने उसले जनाएको छ।

एकेडेमीका केही सदस्यहरूले पुरस्कारको परम्पराको रक्षा गर्नका लागि यो वर्ष पुरस्कार वितरण गर्नुपर्ने तर्क गरेका छन्।

तर अन्यले एकेडेमी पुरस्कार वितरण गर्ने स्थितिमा नरहेको बताए।

हालै #मीटू अभियानले विश्वव्यापी रूपमा यौन दुर्व्यवहारबारे चर्चा पायो। त्यसले पनि एकेडेमीलाई उक्त निर्णय लिन महत्त्वपूर्ण भूमिका खेलेको ठानिन्छ।

Share Now

Leave a comment.