Prakash Adhikari October 26, 2017

काठमाडौँ, ९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

 

त्यसैगरि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठ पर्वको अवसरमा नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जावोस भन्ने शुभकामना दिनुभएको छ ।

छठ पर्वको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ र दीर्घायुको शुभकामना व्क्त गर्नुभएको छ । उहाँले यस पर्वले नेपालीहरुबीच भावनात्मक एकता र सहकार्यको सन्देश दिने विश्वास गर्नुभएको छ ।

उहाँले मुलुक निर्वाचनको संघारमा रहेको स्मरण गराउदै सबै नेपालीलाई मंसिर १० र २१ गते हुने निर्वावाचनमा सहभागी भएर मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मार्गमा लैजान पनि आह्वान गर्नुभएको छ ।

 

Share Now

Leave a comment.