Prakash Adhikari May 5, 2018

सानेपा(ललितपुर) २२ बैशाख। अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्षमा कर्मा छिरिड. शेर्पा विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पाले ले ६३ मत पाएका छन् भने उनीसंग प्रतिस्र्धामा रहेका निवर्तमान कार्यसमितिका उपाध्यक्ष मणि कुँवरले जम्मा १२ मत पाएका छन् ।

केन्द्रीय कार्यसमितिमा सबै कर्मा समूहबाटै आएका छन् । चार उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह विजयी भएका छन् । ११ सदस्य पनि कर्मा समूहबाटै आएका छन् ।

सदस्यमा दावा लामा, निरोज खड्की, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, प्रदेश सिंह राठोर, दिवेश व्यञ्जनकार, दिर्घबहादुर केसी, विजय घले, रत्नकुमार श्रेष्ठ विजयी भएका छन् ।

कर्माको विजयसँगै एन्फा औपचारिक रुपमा गणेश थापा र उनको छायाँबाट मुक्त भएको छ ।

थापामाथि १८ कार्तिक २०७१ मै फिफाले प्रतिबन्ध लगाएको थियो । ३० कार्तिक २०७२ मा फिफाले थापामाथि १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी कडा प्रतिबन्ध लगायो ।

तर, लामो समय नेतृत्वमा रहेका कारण एन्फामा उनको रिमोट कन्ट्््रोल चलिरह्यो । उनले चाहेका व्यक्तिहरुलाई केही कार्यकाल नेतृत्वमा ल्याउन उनी सफल भए ।

यो पटक उनले मणि कुँवरलाई अघि सारेका थिए । कुँवर थापाको आफ्नै सालो हुन् । तर, एन्फामा शुद्धीकरण अभियान चलाएका कर्माछिरिङसँग उनको केही जोर चलेन । यसपटक आफ्नो पक्षमा माहौल नदेखेका मणिले चुनाव रोक्न ललितपुर देखि काठमाडौंका संभव भएसम्मका अदालत गुहारेका थिए, तर कर्माको एन्फा सुधार्ने तपस्याका अगाडि उनको केही सीप चलेन ।

कुँवरले अन्तिम समयमा आएर विधान सम्वत नभएको भन्दै चुनाव बहिस्कारको घोषणा गरेका थिए । तर, निर्वाचन कमिटीले समय घर्किसकेको भन्दै उनको उम्मेदवारी फिर्ता स्वीकार गरेन र चुनाव गराएको थियो ।

Share Now

Leave a comment.