Prakash Adhikari May 5, 2018

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मार्क्सवाद सामाजिक शोषण विरुद्धको न्यायोचित दर्शन भएको बताएका छन् ।

कार्ल मार्क्सको जन्म द्धिशतवार्षिकीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी समितिद्धारा शनिवार राजधानीमा आयोजना गरिएको कार्यक्रमलाई संबोधन गदैं एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्रील ओलीले भने, ‘मार्क्सवाद सामाजिक शोषणविरुद्धको न्यायोचित दर्शन भएकाले प्रतिक्रियावादी पक्षहरुले यसलाई अधिनायकवादी भन्न खोज्नुको अर्थ छैन ।’

उनले पूँजीवादी क्रान्ति गर्ने कम्युनिष्टहरुको काम नभई पूँजीको विकास गर्दै समाजवादको बाटोमा लम्कनु माक्र्सवादको सही प्रयोग भएको दावी गरे ।

उनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताए ।

दार्शनिक कार्ल मार्क्सको जन्म द्धिशतवार्षिकीका अवसरमा आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले माक्र्सवाद राजनीति, सामाजिक र आर्थिक सबै सवालमा आज पनि वैज्ञानिक दर्शन भएकाले यसको जगमा नेपालका कम्युनिष्ट पार्टीहरु एकीकरण हुने बताए ।

“हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन ”, प्रधानमन्त्रीले भने, “साँचो लोकतन्त्र कायम गर्दै जनवादी क्रान्ति र समाजवादको दिशामा हामी अघि बढ्नु अहिलेको आवश्यकता हो ।”

(रासस

Share Now

Leave a comment.