Prakash Adhikari January 25, 2024

 

विराटनगर(मोरुड.), ११ माघ । कोशी प्रदेशमामा सत्ता गठबन्धनको मत चोरेर एमालेकी उम्मेदवार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

उहाँले गठबन्धनबाट उम्मेद्वार बन्नुभएकी माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्नुभएको हो ।

एमाले र राप्रपाको प्रत्यक्ष समर्थनमा उठ्नुभएकी कोइरालाले ५ हजार ८६ मतभार पाउनुभयो भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाउनुभएकी चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मतभार ।

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २ हजार ५ सय ९७ मतभार र कार्कीले २ हजार ३ सय ३२ मतभार पाउनुभयो । स्थानीय तहतर्फ कोइरालालाई १ सय ३१ जना र कार्कीलाई १ सय ४० जनाले मतदान गरेका थिए । स्थानीयबाट कोइरालाले २ हजार ४ सय ८९ र कार्कीले २ हजार ६ सय ६० मतभार पाउनुभयो ।

प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७ सय ९४ मतान्तरले पछाडि थियो तर नतिजा एमालेको पक्षमा निस्कियो । यसको अर्थ एमाले उम्मेदवारलाई सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख दुवैथरिले मतदान गरे ।

Share Now