Prakash Adhikari January 26, 2024

काठमाडौं,१२ माघ । लमजुड.मा विद्युत आयोजना निर्माण गरिरहेको सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ ।
सुपर खुदीले आईपीओ निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा सुपर खुदी हाइड्रोको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गर्नुभएको छ ।

उक्त कम्पनीले प्रतिकित्ता रु १०० दरको ६९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

सुपर खुदीले लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिकाको वडा नं २, खुदी नदीमा माथिल्लो खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । २६ मेगावाट जडित क्षमताको यस आयोजनाको निर्माणकार्य विसं २०७८ साल बैशाखबाट थालिएको हो।

Share Now