Prakash Adhikari January 27, 2024

पोखरा (कास्की) । थ्री स्टार क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार पोखरा रंगशालामा भएकको खेलमा भुटानको पारो फुटबल क्लबलाई २ ० ले पराजित गर्दै थ्रीस्टार क्लब अन्तिम चारमा पुगेको हो ।

थ्रीस्टारलाई जित दिलाउन दुबै गोल आशिष चापागाईंले गरे ।

निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि आशिषले अतिरिक्त समयको २६ र २९ औं मिनेटमा गोल गरेका हुन् । उनले पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहारमार्फत पहिलो गोल गरेका हुन् । पारोका गोलकिपर जाङ्पोले बल रोक्ने प्रयास गरेककाक थिए तर उनी सफल भएनन् ।

त्यसको तीन मिनेटपछि आशिषले अर्को गोल थपे । विपक्षी गोलकिपर जाङ्पो बल समाउन अगाडि बढेको मौकामा उनले गरे । प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा आशिषले मौका पाएर पनि गोल गर्न सकेका थिएनन ।

थ्रीस्टारले आयोजक सहारालाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय थियो । पहिलो सहभागितामा पारोले सिधै क्वाटरफाइनल खेलेको‌ थियो ।

आहा राराको पाँच पटक उपाधि जितेको थ्रीस्टारले अब जावलाखेल र मनाङ मर्स्याङ्दी क्लबको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आइतबार साविक विजेता संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Share Now