Prakash Adhikari February 1, 2024

काठमाडौं, १८ माघ । काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा प्रकरणमा प्रहरीले व्यवसायी अरुण चौधरी र तात्कालीन अध्यक्ष अजितनारायण थापा पक्राउ पर्नुभएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उहाँहरुलाई निवासबाटै पक्राउ गरेको हो।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई उहाँको लाजिम्पाटस्थित निवासबाट र अजितनारायण थापालाई बत्तिसपुतलीस्थित निवासबाट पक्राउ गरेको हो। प्रहरीले पहिले अरुणलाई पक्राउ गरेपछि थापालाई हिरासतमा लिएको हो।

उद्योगी अरुण चौधरी सीजी होल्डिङ्सका चेयर म्यान हुनुहुन्छ । थापा तात्कालीन बाँसबारी छालाजुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्ष हुनुहुन्थ्यो।

बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। यस प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ।

Share Now