पेरिस(फ्रान्स), २५ बैशाख । नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति फ़्रान्सको प्रथम ऐतिहासिक महाधिवेशन २३ बैशाख फ़्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको छ ।
महाधिवेशनले सुधीर कुमार रानाको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिका १२ सदस्य चयन गरेको छ । नयाँ कार्यसमितिमा इन्द्र बस्नेत- उपाध्यक्ष, शिवराम भण्डारी – उपाध्यक्ष, कमल बिक्रम के सी – महामन्त्री, ध्रुव घिमिरे- सह महामन्त्री, देवीजंग गुरुंग – कोषाध्यक्ष,
धर्मेन्द्र सेन र सह-कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा थम्मन टण्डन , हीरा खत्री, सागर श्रेस्ठश्रीप्रसाद गुरुंग र बाबूराम शर्मा रहेका छन् ।
निर्मल अर्यालको सभापतित्वमा भएको अधिवेशनमा जन सम्पर्क समिति नेदरल्याण्ड्सका पूर्व अध्यक्ष नारायण आचार्य नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिको रुपमा र वरिष्ठ पत्रकार तथा नेपाली कांग्रेसका कर्मठ कार्यकता माथवरसिंह बस्नेत अतिथिको रुपमा उपस्थित भएका थिए ।
सुबर्णबिक्रम हमालको संयोजकत्व गठित निर्वाचन समितिले कार्यसमिति सर्वसम्मतिले चयन भएको जानकारी दिएको थियो । समितिका अन्य सदस्यहरुमा श्रीमती जीता कटवाल र बिष्णु सारू मगर रहेका थिए ।
नयाँ कार्यसमितिको कार्यावधिन २०१८ देखि २०२० सम्म रहनेछ ।