Prakash Adhikari February 7, 2024

काठमाडौं, २४ माघ । एनआइएमबी एस क्यापिटल लिमिटेड योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रवद्र्र्धक रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’को इकाई बाँडफाँट भएको छ ।

बुधबार बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा योजनाका इकाईहरुको बाँडफाँट सम्पन्न भएको हो ।

उक्त योजनामा ३९ हजार २ सय ७१ जना आवेदकहरुबाट ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

बन्दमुखी योजनाको बीज पूँजीसहित अंकित मूल्य १० रुपैयाँ दरका १० करोड इकाई गत माघ २ गतेदेखि माघ १६ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको थियो ।

‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ को व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँट गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई माग गरे बमोजिम शेयर प्रदान गरिएको क्यापिटलले जनाएको छ ।

इकाई बाँडफाँट गरी बीज पूँजी सहित योजनाको आकार १ अर्ब १३ करोड अर्थात ११ करोड ३० लाख इकाई कायम गरिएको एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

Share Now