Prakash Adhikari February 8, 2024

 

कीर्तिपुर(काठमाडौं), २५ माघ । नेपाल र क्यानडाबीच भैरहेको ओडीआई सिरिजको पहिलो खेलमा नेपालको दोस्रो विकेट गुमेको छ ।

दोस्रो विकेटमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएको हो ।

कप्तान पौडेल आसिफ शेख आउट भएपछि मैदानमा उत्रिएका थिए ।

१७ बलमा ८ रन बनाएको अवस्थामा ईश्वररोज सोहिको बलिड.मा उनी क्याच आउट हुन पुगे ।

यस पहिले नेपालले ९.१ ओभरमा ओपनर आशिफ शेखलाई गुमाएको थियो ।

उनी पनि २४ बलमा ८ रन बनाएकै अवस्थामा उदय भगवानको बलमा क्याच आउट भएका थिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भैरहेको खेलमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिलो ब्याटिङ रोजेका थिए ।

नेपालले आजको खेलमा २ खेलाडीलाई डेब्यु दिएको छ । रिजन ढकाल र सूर्य तामाङले ओडिआई सेरिजमा डेब्यु गर्दैछन् । पवन सर्राफले सिनियर टोलीमा पुनरागमन गर्दै प्लेइङ ११ मा स्थान बनाएका छन् ।

रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रेको नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी, सोमपाल कामी रहेका छन् भने बेञ्चमा हेमन्त धामी, आकाश चन्द, अनिल शाह, देव खनाल रहेका छन् ।

साद बिन जाफरके कप्तानमा रहेको क्यानडाको प्लेइङ ११ मा आरोन जोन्सन, नवानित धलिवल, निकोलस कीर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, , शहिद अहमाद्जाई, श्रेयास मोभा, इश्वरजोत सोहि, पर्गत सिंह, उदय भगवान सिंह रहेका छन् ।

अहिले खेल ९०र२ को अवस्थामा छ । भीम सार्की र कुशल भूर्तेल ब्याटिड.मा छन् ।

Share Now