Prakash Adhikari February 10, 2024

कीर्तिपुर (काठमाडौं), २७ माघ । क्यानडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भैरहेको खेलमा टस जितेर पहिले ब्याटिड. गरेको क्यानडाले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ८५ रन जोडेको हो ।

क्यानडाका लागि आरोन जोन्सनले ६५,नवनित धालिवालले ४६, श्रेयश मुभ्यले ४०,प्रगत ंिसंहले ३८, निकोलास किर्तनले २०, दिलप्रित वाजवाले १९, उदय भागवानले १५, शाहिद अहमदजाइले १३, हर्ष ठकरले ३, क्याप्टेन शाद विन जाफरले १ रनको योगदान दिएका थिए ।

क्यानडालाई रोक्ने क्रममा नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले २ । २ तथा सोमपाल कामी, सूर्य तामाड. पवन शर्राफ र आकाश चन्दले एक एक विकेट लिएका थिए ।

नेपालले विकेट गिराउन बिलम्ब गरेकोले क्यानडाले सम्मानजनक रन जोड्न सफल भएको हो । नेपालले पहिलो विकेट १८.२ ओभरमा,दोस्रो २२.२ ओभरमा, तेस्रो ३१.२ ओभरमा, चौथो ३१.५ ओभरमा, पाचौ ३४.५ ओभरमा, छैठौ ३८.४ ओभरमा, सातौ ४०.४ ओभरमा, आठौं ४४.५ ओभरमा र नवौं ४९.६ ओभरमा लिएको थियो ।

Share Now