काठमाडौं, ४ फागुन । नेपाल ‘ए’ टोलीले लिग(२ को तयारी गरिरहेको क्यानडाको टोलीसँग तीन एकदिवसीय खेल खेल्ने भएको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ ले तीन खेल खेल्नेछ । खेल फेब्रुअरी १८, २० र २२ तारिखमा हुनेछ । क्यानले यसअघि नै विनोद भण्डारीको कप्तानीमा क्यानडाको सामना गर्ने नेपाल ‘ए’ टोली घोषणा गरिसकेको छ ।
विनोद भण्डारीको कप्तानी रहने नेपाल ए टोलीमा आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रासिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।


















