जेद्दाह(साउदी अरेबिया), १३ फागुन । पश्चिम एशिया फूटबल महासंघ (वाफ) महिला च्याम्पियनसीप २०२४ अन्तरगत साउदी अरेबियाको जेद्दाहम भैरहेको प्रतियोगितामा नेपाली महिला टोली सेमिफाइनलमा पुगेको छ।
शनिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै समूहको शीर्षस्थानमा रहेको छ ।
नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २ गोल गरिन भने रेखा पौडेल र गीता रानाले ११ गोल गरे ।
पहिलो हाफमा रेखाको पासमा साम्बाले गोलको खाता खोलेकी थिइन् । दोस्रो हाफमा साम्बाको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल गरिन् ।
त्यसपछि रश्मी कुमारी घिसिङको पासमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३(० ले अघि बढाइन् । इन्ज्युरी समयमा साम्बालाई पेनाल्टी क्षेत्रभित्र साम्बालाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । गीताले पेनाल्टीमा गोल गर्दै नेपालको ४(० को जित पक्का गरिन् ।
नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् ।