Prakash Adhikari May 10, 2018

काठमाडौं, २६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा सन्देश राख्दै उनले भनेका छन्, “आपसी फाइदा, सद्‌भाव र समझदारीको आधारमा नेपालसँगको जनताकेन्द्रित साझेदारीलाई मेरो भ्रमणले थप बलियो पार्नेछ।”

मोदी दुईदिने नेपाल भ्रमणका लागि शुक्रवार आउँदैछन्।

प्राथमिकता

आफूले प्रधानमन्त्रीका रूपमा तेस्रोपटक नेपालको भ्रमण गर्न लागेको उल्लेख गर्दै मोदीले त्यसबाट ‘नेपालप्रति भारतले देखाएको उच्च प्राथमिकता झल्कने’ टिप्पणी गरेका छन्।

प्रधानमन्त्री केपी ओलीले भारतको भ्रमण गरेको एक महिनापछि हुन लागेको आफ्नो भ्रमणबारे उनले लेखेका छन्, “यस्ता खाले उच्चस्तरीय र नियमित कुराकानीले ‘छिमेक पहिलो’प्रति मेरो सरकारको प्रतिवद्धता दर्शाउँछ।”

 

I will be visiting Nepal on 11-12 May 2018 at the invitation of the Prime Minister of Nepal Rt. Hon’ble KP Sharma Oli.
This will be my third visit to Nepal as Prime Minister. It reflects the high priority India, and personally I attach to our age-old, close and friendly ties with Nepal.

My visit closely follows the State Visit of Prime Minister Oli to India last month. These high-level and regular interactions reflect my government’s commitment to the ‘Neighbourhood First’ policy, in consonance with the motto of ‘Sabka Saath, Sabka Vikas’.

Together, our two countries have completed several bilateral connectivity and development projects in the last few years, and have initiated transformational initiatives for the benefit of our two peoples.

Prime Minister Oli and I will have the opportunity to take forward our recent wide-ranging discussions in New Delhi on issues of mutual interest, and to advance our cooperative partnership across diverse sectors.

In addition to Kathmandu, I am also looking forward to visiting Janakpur and Muktinath. Both these places attract a large number of pilgrims every year. They are living testimony to the ancient and strong cultural and religious ties between the peoples of India and Nepal.

As Nepal enters a new era of consolidating gains of democracy and achieving rapid economic growth and development, India will continue to remain a steadfast partner of Government of Nepal to implement its vision of ‘Samriddha Nepal, Sukhi Nepali’.

I am looking forward to meeting the political leaders and friends in Nepal. I am confident that my visit will further cement our people-centric partnership with Nepal on the basis of mutual benefit, goodwill and understanding.

ओली र आफूबीच नयाँ दिल्ली भएका बृहत् कुराकानीलाई अगाडि लैजान मौका आफ्नो भ्रमणले दिएको उनले उल्लेख गरेका छन्।

विकासका विषय
दर्शनार्थ जनकपुर र मुक्तिनाथ समेत जान लागेका उनले लेखेका छन्, “नेपाल र भारतबीचको पुरातन र बलियो सांस्कृतिक तथा धार्मिक सम्बन्धका यी जीवित उदाहरण हुन्”।

विगतमा पटकपटक संविधान र तराईको मुद्दाहरू उठाउने गरेका मोदीले यसपटक नेपालको राजनीतिक मामिलाबारे कुनै टिप्पणी गरेका छैनन्।

उनले नेपाल लोकतन्त्रको उपलब्धि संस्थागत गर्ने र तीव्र आर्थिक वृद्धि तथा विकास हासिल गर्ने युगमा प्रवेश गरेको भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपालको अवधारणा कार्यान्वयन गर्न भारत विश्वासिलो सहयात्री बन्ने जनाएका छन्।

(बीबीसी)

Share Now

Leave a comment.