Prakash Adhikari February 29, 2024

 

कुपण्डोल(ललितपुर), १७ फागुन । नेपाली युवा उद्यमी मञ्चले अन्तर्राष्ट्रिय श्रम संगठनको दक्षिया एशियामा उद्यमशील नेतृत्व(आईएलओ सेल) परियोजनासँगको सहकार्यमा राष्ट्रिय नीति संवाद २०२४ सफलतापूर्वक आयोजना गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्यालको प्रमुख आतिथ्य तथा सोही कार्यालयका खोमराज कोइरालाको विशेष आतित्थ रहेको सो कार्यक्रमको उद्घाटन सत्रमा मञ्चका स्टार्ट अफ अध्यक्ष आभूषण ज्योति कंसाकारले नेपालमा स्टार्टअपको स्थिति,चुनौति,अवसरहरु र स्टार्टअपहरूको उत्कृष्ट अभ्यासहरूको बारेमा प्रस्तुति दिनुभएको थियो ।

उहाँले युवा उद्यमीहरूको दबाबपूर्ण मागलाई संबोधन गर्न सरकारसंग जोडदार माग गर्दै उनीहरूको आवश्यकतालाई गम्भीरतापूर्वक लिनआग्रह गर्नुभयो।

कार्यक्रम दोस्रो शत्रमा सामूहिक छलफल आयोजना गरिएको थियो । जसमा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा , उद्योग,वाणिज्य तथा आपूतिृ मन्त्रालयका सहसचिव जिबलाल भूसाल नेपाल उद्योगबाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ , मञ्चका राष्ट्रिय गभर्निङ काउन्सिलका द्वितीय उपाध्यक्ष सुश्री निविता प्रधान , र राष्ट्रिय परियोजना संयोजक, प्रकाश शर्माले स्टार्ट अपका समस्या र समाधानका विषयमा प्रकाश पार्नुभएको थियो ।

छलफलमा सरकार र युवा उद्यमीहरू बीचको सहकार्यलाई बढावा दिने महत्वपूर्ण पक्षहरूमा छलफल भएको थियो।

विभिन्न युवा उद्यमीहरू, विद्यार्थीहरू, सञ्चारकर्मीहरू र विशिष्ट अतिथिहरूको उपस्थितिमा, कार्यक्रमले नेटवर्किङ र ज्ञान आदानप्रदानको लागि मञ्च प्रदान गर्‍यो। साझेदार संस्थाहरूको समर्थनले संवादमा महत्त्वपूर्ण मूल्य थपेको छ।
फागुन १५ गते मंगलबार सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि सचिव टेकनारायण अर्याल, विशेष खोमराज कोइरालाले पनि संबोधन गर्नुभएको थियो भने मञ्चका राष्ट्रिय गभर्निङ काउन्सिलका प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठले स्वागत गर्नुभएको थियो।

कार्यक्रमको समापनमा मञ्चका अध्यक्ष सहारा जोशीले सहभागीहरुमा हार्दिक आभार प्रकट गर्दै युवाहरूलाई उद्यमशील र सशक्त बनाउन सकेजति हस्तक्षेप गर्न आग्रह गर्नुभयो।

Share Now