Prakash Adhikari February 29, 2024

काठमाडौं, १७ फागुन । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत सञ्चालन हुने कुमारी सबल योजनाका इकाईहरुको बाँडफाँट सम्पन्न भएको छ ।

यही फागुन १६ गते बुधबारका दिन विहान १०ः०० बजे कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा इकाईहरुको बाँडफाँट भएको कोष प्रबन्धक तथा निष्काशन व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ ।

क्यापिटलले दिएको जानकारी अनुसार इकाई खरिदका लागि रितपूर्वक आवेदन दिने २९ हजार १ सय ६० जना मध्ये रितपुर्वक आवेदन दिनुहुने २९ हजार १ सय ३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ । दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन रद्द भएकोे छ ।

सबल योजनाले निष्काशन गरेको प्रति इकाई रु १० ।– दरको १०  करोड इकाई मध्ये १४ प्रतिशत अर्थात १ एक करोड ४० लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई र १ प्रतिशतले हुन आउने बिजपूँजी वापतको १०  लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ ।

सबल योजनाका बाँकी रु. ८ करोड ५० लाख इकाई गत माघ २८ देखि फागुन १३ गते सम्म सार्वजनिक निष्काशन तथा विक्री खुल्ला गरिएको थियो ।

कुमारी क्यापिटल र कुमारी सामूहिक लगानी कोषले कुमारी सबल योजनाका इकाई निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पुर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु,सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियमन निकाय तथा सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Share Now