काठमाडौं, २१ फागुन । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम अप्रिल र मार्च महिना अन्तर्राष्ट्रिय खेलमा ब्यस्त हुने भएको छ ।
तेपाली टिमले मार्चको ९ देखि १३ सम्म हंगकंग र पपुवान्युगिनीसंग त्रिकोणीय श्रृखला खेल्ने छ ।

मार्च २४ देखि आयरल्याण्डको टोली नेपाल भ्रमणमा आउने छ । टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोलीसँग नेपालको राष्ट्रिय टोली र ए टोलीले नेपालमा ८ खेल खेल्ने छन् । यसक्रममा टोलीले नेपालको सिनियर टोलीसँग दुई वटा टी २० खेल्नेछ । त्यसबाहेक नेपाल ‘ए’ टोलीसँग तीन तीन एकदिवसीय र टी २० खेल हुनेछन् ।
जुनमा हुने आइसीसी टि२० विश्वकपको तयारीस्वरूप यो सिरिज खेल्न लागिएको हो ।
यसलगत्तै नेपाली टोलीले ३१ मार्च देखि अप्रिल ७ सम्म भारतको गुजरात र बरोडासँग त्रिकोणात्मक सिरिज खेल्दैछ ।
उक्त सिरिज लगत्तै नेपाल एसीसी प्रिमियर कप खेल्न ओमान जानेछ ।
यस्तै क्यानले आइतबारै मार्च ९ देखि १३ सम्म हङकङ भ्रमणका लागि पनि टोली घोषणा गरिसकेको छ ।
भारतको त्रिकोणात्मक सिरिज (मार्च ३१- अप्रिल ७)
३१ मार्च – नेपाल विरुद्ध गुजरात
२ अप्रिल – नेपाल विरुद्ध बरोडा
३ अप्रिल – नपाल विरुद्ध गुजरात
५ अप्रिल – नेपाल विरुद्ध बरोडा
७ अप्रिल – फाइनल
एसीसी मेन्स प्रिमियर कप (अप्रिल १२ देखि २१ सम्म )
१२ अप्रिल – नेपाल विरुद्ध मलेसिया
१३ अप्रिल – नेपाल विरुद्ध कतार
१५ अप्रिल( नेपाल विरुद्ध हङकङ
१७ अप्रिल – नेपाल विरुद्ध साउदी अरब
१९ अप्रिल – सेमिफाइनल
२१ अप्रिल – फाइनल


















