काठमाडौँ, २१ फागुन: एवं प्रतिनिधिसभाका सांसद बद्रीप्रसाद पाण्डेयले गुणस्तरीय नीति र कानुन बनाउन सांसद संसदीय काममा बढी व्यस्त हुनुपर्ने बताउनुभएको छ । गुणस्तरीय नीति र कानुन नभएसम्म देश नबन्ने उल्लेख गर्दै उहाँले संसदीय काममा लागेका संसद्लाई सम्बन्धित पार्टी र नेतृत्वले पनि प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
रासससँग आज कुरा गर्दै सांसद पाण्डेयले भन्नुभयो, “संसदीय काममा कति जिम्मेवार हुनुपर्छ र कति समय दिनुपर्छ भन्नेमा नै हाम्रो बुझाइ कम छ । हामीहरु संसदीय गतिविधिभन्दा अरु काममा बढी समय दिन्छौँ । कहिले संसद्को पूर्ण बैठकमा बहुमत पुग्दैन त कहिले संसदीय समितिमा पनि बहुमत पुग्दैन । यो हाम्रो कमजोरी हो ।”
मतदातामा पनि सांसदहरुलाई सधैँ आफ्नो घरदैलोमा र आफ्नाबीचमा हेर्न चाहने कमजोरी रहेको उल्लेख गर्दै सांसद पाण्डेयले जब सांसद संसदीय काम छोडेर त्यतापट्टि बढी व्यस्त हुन्छन् तब न गुणस्तरीय कानुन बन्ने न गुणस्तरीय नीति बन्ने बताउनुभयो ।
“यो कुरा हामीले मतदाताका बीचमा पनि अवगत गराउनु आवश्यक छ । अर्काे कुरा पार्टीको नेतृत्व र नेतालेसमेत कुन सांसद संसदीय काममा बढी व्यस्त छ र उसलाई पार्टीले गर्नुपर्ने प्रोत्साहनको पनि कमी देखिन्छ”, उहाँले भन्नुभयो । सांसदलाई संसदीय काममा बढी व्यस्त बनाउनुपर्ने उहाँको भनाइ थियो ।
संविधानसभा सदस्य र राष्ट्रियसभा सदस्यको अनुभवसमेत सम्हालीसक्नुभएका तथा हाल प्रतिनिधिसभा सदस्यमा बाजुराबाट निर्वाचित कांग्रेस सहमहामन्त्री पाण्डेयले संसदीय काममा संसद् बैठकभन्दा संसदीय समितिको सक्रियता बढेको बताउनुभयो ।
“यो महत्वपूर्ण पनि हो । बजारको भाषामा संसद् भनेको ‘सो रुम’ हो भने समिति कारखाना हुन् । कारखनामा उत्पादन भएपछि मात्र उत्पादन ‘सो रुम’मा देखाउन सकिन्छ । पछिल्लो संसद्मा हामी समितिमा सक्रिय छौँ । तर पनि समितिबाट एउटा पनि विधेयक निर्माण गरिसकेका छैनौँ”, सांसद पाण्डेयले भन्नुभयो । अहिले आफू रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार विधेयकलाई अन्तिम रुप दिने क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।
सांसदले विकास निर्माणमा पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने जिज्ञासामा उहाँले मतदाताको भावना र निर्वाचनका बेला गरिएका बाचा पूरा गर्न पनि सांसद हाम्रो जस्तो मुलुकको विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको धारणा व्यक्त गर्नुभयो ।
नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता पाण्डेयले आफूले हाल जिल्लाको, संसदीय र पार्टीको काम गरी तीन कामको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । सांसदले राम्रो विधेयक बनाउन अध्ययन अनुसन्धान गर्नुपर्ने र त्यसका लागि आवश्यक आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
विधेयक अगाडि बढाउने सम्बन्धमा एउटा सांसदले त्यसको पृष्ठभूमि, देश विदेशको अनुभव, समाजको अवस्था, समकालीन आवश्यकता, चुनौतीलगायत विषय अध्ययन अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।
कार्यान्वयनयोग्य कानुन बनाउन देखिएका चुनौतीका सम्बन्धमा उहाँले जनताका आवश्यकताभन्दा यथास्थितिमा बढी विश्वास भएर कर्मचारीतन्त्र हाबी हुने गरेको अनुभव सुनाउनुभयो । उहाँले राजनीतिज्ञले नयाँपन दिन कानुनमा प्रतिविम्ब हुनेगरी काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
संसदीय समितिका निर्देशन पालनामा देखिएको दोहोरोपनका सम्बन्धमा नेता पाण्डेयले समितिले आफ्नो सीमा र कर्तत्व नबुझ्दा त्यस्तो हुने गरेको बताउनुभयो । त्यही कारणले नै कार्यपालिकाले पनि निर्देशनको अवज्ञा गर्ने गरेको उहाँको दाबी थियो ।
फरक प्रसङ्गमा उहाँले हाल केही युवामा राजनीतिप्रति देखिएको वितृष्णलाई हटाउन राजनीतिज्ञले विश्वासको वातावरण बनाउने गरी आफ्नो व्यवहार प्रकट गर्नुपर्ने उल्लेख गर्नुभयो ।
(सांसदसँग रासस संवादका लागि राष्ट्रिय समाचार समितिका समाचारदाता भीष्मराज ओझाले सांसद पाण्डेसँग गर्नुभएको कुराकानीको सम्पादित अंश)
काठमाडौँ, १५ जेठः सरकार आगामी आर्थिक वर्षको लागि श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री […]
-प्रगति ढकाल/रासस काठमाडौँ, ३० जेठः सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्रोस्पेरिटी प्रोजेक्ट–एनक्याप)’ […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]