Prakash Adhikari March 18, 2024

काठमडौं, ५ चैत्र । राजधानी काठमाडौेंमा रहेको कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्डले धुम्बाराही काठमाण्डौ अवस्थित, सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको अकामा होटल लिमिटेडमा लगानी गर्ने भएको छ ।

राजधानीमा हालै राजधानीमा आयोजित एक समारोहमा फण्डको तर्पmबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झा र अकामा होटलको तर्पmबाट होटलका अध्यक्ष विनयकुमार श्रेष्ठबीच लगानी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
(
लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा बाइस करोड पचास लाख रुपैँया लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात् कायम रहने शेयर पूँजीको दश प्रतिशत रकम बराबरको शेयर खरिद गर्नेछ ।

रिलायबल प्राइभेट इक्वीटी फण्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ । यस कोषको मुख्य उद्देश्य सूचिकृत नभएका संस्थाहरुमा लगानी गरी सो सस्ंथाहरुलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ ।

Share Now