भरतपुर(चितवन), ६ चैत्र । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईूले उद्घाटन मन्तव्यमा एमडीआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गर्नुभयो । उहाँले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने भन्दै सहकर्मीहरुले मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ–सहयोग रहने उल्लेख गर्नुभयो । उहाँले सबैलाई कम्पनीका तर्फबाट उच्च सम्मान प्रकट गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत प्रसाईले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रुपमा लिएको बताउनु भयो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले स्वागत मन्तब्यमा अन्तराष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको बताउनुभयो । उहाँले अभिकर्ता पेसा छनोट गरेर निरन्तर लगनशील भएर हासिल गरिएको सुखद् परिणामलाई कम्पनीले उच्च सम्मान गरेको पनि उहाँले बताउनुभयो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोनबहादुर मगरले योग्यहरुको योग्यताको पहिचान कामले दिने उल्लेख गर्नुभयो । उहाँले निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय आएको र सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुने बताउनुभयो ।
मोटिभेसनल स्पिकर रमण भट्टराईूको टे«निङ सेसनले कार्यक्रममा ताजगी दिएको थियो ।
उक्त कार्यक्रममा आउँदै गरेको फागु पूर्णिमा (होली) को शुभकामना आदान प्रदान गरि रंगहरुका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो ।
औपचारीक कार्यक्रमका अतिरिक्त विभिन्न क्रियाकलाहरुले ३ दिने कार्यक्रम उल्लासमय बनाएको थियो ।
कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले सहभागीहरुलाई कार्यक्रम सफल बनाउन साथ, सहयोग दिनु भएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।
एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीको संयोजनमा संचालित सो कार्यक्रम योगेन्द्रप्रसाद खतिवडाले संचालन गर्नुभएको थियो ।


















