Prakash Adhikari March 31, 2024

 

काठमाडौं, १८ चैत्र । आउँदै गरेको एसीसी प्रिमियर कप तथा विश्वकपको तयारीका लागि भारतको एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टी – २० शृंखला खेल्न गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा गुजरातद्धारा ९९ रनको सामान्य लक्ष्य पाएको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रनमा समेटिन पुग्यो ।

गुजरातका लागि ओपनर रुद्र पटेलले २२ बलमा २३ रन जोडे । यस्तै हेमंग पटेलले २३ बल खेलेर २० रन जोडे । अभिषेक देसाइले ११ र स्मित पटेलले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

गुजरातलाई रोक्ने क्रममा नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । यस्तै करन केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।

यस्तै सोमपाल कामीले ४ ओभरमा १४ रन दिएर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले कुनै विकेट लिएनन् ।

नेपाली टोलीः

रोहित पौडेलको कप्तानीमा छिमेकी मुलुकमा खेल्न गएको नेपाली टिममा आज प्लेइड. ११ मा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा परेका छन् भने

ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव र आकाश चन्द जगेडा खेलाडीको रुपमा बेञ्चमा छन् ।

नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्दैछ । नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा रहेको छ ।

नेपाली राष्ट्रिय टिमले हालै आयरल्यान्ड वल्भसविरुद्ध दुई टि(२० को शृंखला खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । नेपालले सोही शृंखलामा खेलेको टोलीलाई गुजरात पठाएको छ ।

फ्रेन्ड्सिप कप तालिका

मार्च ३१ः नेपाल – गुजरात

अप्रिल १ः गुजरात – बरोडा

अप्रिल २ः नेपाल – बरोडा

अप्रिल ३ः नेपाल – गुजरात

अप्रिल ४ः बरोडा – गुजरात

अप्रिल ५ः नेपाल – बरोडा

अप्रिल ७ः फाइनल

Share Now