Prakash Adhikari April 2, 2024

 

काठमाडौं, २०  चैत्र । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेलज्यूलाई नियुक्त गरेको छ ।

कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसक्नुभएका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको छ ।

मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यू तथा कलाकार गजुरेलज्यूले हस्ताक्षर गर्नुभयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताउनुभयो । कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलको कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइ लिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलज्यूले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्राण्ड प्रबर्धन तथा संरक्षण, सभा गोष्ठीहरुलाई सम्बोधन सम्बन्धी कार्यहरु गर्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।

उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।

Share Now