काठमाडौं, ३० चैत्र । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
२०८१ वैशाख २ गते राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएका प्रमाणहरु सार्वजनिक भएकोले यससम्बन्धमा छानविन गर्न संसदीय समितिको माग गर्दै सदन अवरुद्ध गर्दै आएको थियो । सरकारले प्रतिपक्षीको मागलाई छल्दै संसदको हिउँदे अधिवेशन नै अन्त्य गरिदियो ।
सरकारले आगामी बैशाखको तेस्रो साता राजधानीमा हुने लगानी सम्मेलनलाई लक्षित गरी विभिन्न ऐनहरु संशोधनको मस्यौदा तयार पारेको थियो । ती विधेयकहरु पनि अब अध्यादेशको रुपमा आउने भएका छन् ।