Prakash Adhikari April 12, 2024
अलअमेरत (ओमान), ३० चैतः एशियाली क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले नेपाललाई १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा  भएको टस जितेर नेपाललाई बलिङको निम्तो दिएको मलेशियाले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउदै १ सय ४३ रन जोडेको थियो ।
मलेशियाका लागि भिरनदीपले ७२, शर्भिन मुनियाण्डीले ४१,मोहम्मद अमिरले १६ र शैयद अजिजले ६ रनको योगदान गरे ।
मलेशियालाई रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले २ र अभिनास बोहोराले १ विकेट लिए ।
आजको खेलमा नेपालले  प्लेइङ ११ मा कप्तान  रोहितकुमार  पौडेलसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा,  ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरालाई उतारेको छ भने जगेडा खेलाडीको रुपमा  प्रतिश जिसी, विवेक यादव र अनिल शाह बेञ्चमा छ्न ।
आजदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलिको सहभागिता छ ।
यो खेलमा च्याम्पियन बन्ने टोली सीधै टी २० विश्वकपमा खेल्न पाउने छ ।
Share Now