Prakash Adhikari May 16, 2018

काठमाडौं, १ जेठ । नेपाली सेनाले विभिन्न पदमा २ हजार ३ सय ११ जना योग्य नागरिकहरुलागि दरखास्त आह्वान गरेको छ।

भर्ना छनोट निर्देशनालयले मंगलबार सार्वजनिक गरेको सूचनामा प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स पदमा नयाँ भर्नाको लागि आवेदन माग गरिएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी जेठ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने छ।

https://drive.google.com/open?id=1jUdyFyoPlYTEUkaOrWJI8zCmHyHEjAdK

Share Now

Leave a comment.